गगन थापाले गरे काँग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका नेता गगन थापाले पार्टीको आउँदो १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाडौँ महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलामा थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘मैले योभन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ। मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु।’

१३औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीकै उम्मेदवार बनेका थापाले ५८४ मत पाएका थिए । नेता अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूह तथा डा. शशांक कोइराला रामचन्द्र पौडेल समूहबाट उम्मेदवार रहेकोमा कोइराला निर्वाचित भएका थिए ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन आउदो मंसिर ९–१३ मा गर्ने घोषणा गरिएको छ। यही १८ भदौ देखि वडा तहबाट कांग्रेसको अधिवेशन शुरु हुँदैछ।

More News last news
Loading...