यी हुन् संसद सचिवालयको निर्णयले सांसद पदमा यथावत एकीकृत समाजवादीका १४ सांसदहरु

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको निर्णयपछि नेकपा एकीकृत समाजवादीका १४ सांसदको संसद पद जोगिएको छ । नेकपा एमालेले ह्वीप उल्लंघनको आरोपमा निष्कासनको कारबाही गरेका १४ सांसदको पद नजाने निष्कर्षसहितको निर्णय सभामुख सापकोटाले गर्नुभएको हो।

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले एमालेले कारबाही सिफारिस गरेका माधव नेपालसहित १४ सांसद मिलेर अर्को दल गठन भएको र नयाँ दल गठनको भएको जानकारी संसद्लाई समेत भइसकेको भन्दै कारबाही गरिरहन नपर्ने निर्णय भएको जानकारी दिनुभयो ।

Advertisement

गत वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा संसद् बैठक बहिष्कार गरेर पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले १४ सांसदलाई पार्टीबाट र संसद् सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

जसको सूचना संसद् सचिवालयलाई भदौ १ गते एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी गराउनु भएको थियो ।

सभामुख सापकोटाले संसद् सचिवालयमा पत्र दर्ता भएको १३ दिनपछि निर्णय लिनु भएको हो । सभामुखले सांसदलाई कारबाही गरिएको पत्र पाएको १५ दिनभित्र निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

संसद सचिवालयको निर्णय सँगै एकीकृत समाजवादीका अध्यक्ष नेपाल सहित १४ सांसदको पद जोगिएको छ ।

यी हुन् सांसद पदमा यथावत रहेका १४ सांसदहरु

१) माधवकुमार नेपाल
२) जीवनराम श्रेष्ठ
३)मुकुन्द न्यौपाने
४) रामकुमारी झाँक्री
५) कल्याणी खड्का
६) लक्ष्मीकुमारी चौधरी
७) नीरादेवी जैरु
८) पुष्पाकुमारी कर्ण कायस्थ,
९) सरलाकुमारी यादव,
१०) कलिला खातुन,
११) विरोध खतिवडा,
१२) कृष्णलाल महर्जन,
१३) भवानी खापुङ र
१४) मेटमणि चौधरी

More News last news
Loading...