एकीकृत समाजवादीमा पाँच सदस्यीय अन्तरिम स्थायी कमिटी गठन

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) ले पाँच सदस्यीय अन्तरिम स्थायी कमिटी गठन गरेको छ ।

स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रमेश हमाल रहेको एक नेताले जानकारी दिए।

Advertisement

अहिले अन्तरिम स्थायी कमिटीमा भएका हमालबाहेक अन्य सदस्य यसअघि नेकपा (एमाले) को स्थायी कमिटी सदस्य हुन् ।

एकीकृत समाजवादीको चाँडै राष्ट्रिय भेला हुने र त्यसपछि राष्ट्रिय परिषद् बसेर १७ पदाधिकारीसहित पोलिटव्यूरो र स्थायी कमिटी चयन गर्ने जनाएको छ।

नेकपा एमालेबाट अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले ९ भदौमा वैधानिकता पाएको छ। एकीकृत समाजवादीको पदाधिकारीसमेत टुंगिएको छैन।

More News last news
Loading...