पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ४८ जनाको नमुना परीक्षण गरिएकोमा थप ३५० जनामा कोरोना पोजेटिभ देखिएको छ ।
प्रदेशमा गरिएको परीक्षणमा सबैभन्दा धेरै कास्कीमा १९० सहित पर्वतमा ७ जना, गोरखामा २२ जना, लमजुङमा ७ जना, तनहुँमा ३५ जना, बाग्लुङमा ५ जना, स्याङ्जामा २६ जना र नवलपुरमा ५८ जना गरी प्रदेशमा ८ जिल्लामा गरी १५७ पुरुष तथा १९३ जना महिलामा कोरोना पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८० हजार ५७४ पुगेको छ। पछिल्लो २४ घण्टामा ५४५ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७५ हजार ४४० पुगेको छ।
गण्डकीमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २७४ पुगेको छ।
यस्तै, आज देशभर थप २ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २ हजार ६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै कोरोना संक्रमणबाट थप २५ जनाको ज्यान गएको छ भने २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
