सात किसिमको मोटोपनः कुन बढी खतरनाक ? कुन साधारण ?

काठमाडौँ । जसरी हरेक व्यक्तिको शारीरिक बनौट फरक हुन्छ, उसैगरी मोटोपन पनि एकनास हुँदैन। जुनसुकै कारण होस्, मोटोपनलाई त्यती राम्रो मानिदैन। यसले शरीर भद्दा देखाउने मात्र नभई अनेक रोगको जोखिम पनि बढाइदिन्छ।

यद्यपि मोटोपन के कारण बढेको हो ? वा कस्तो किसिमको मोटोपन हो ? त्यसबारे पनि जान्न जरुरी छ।

Advertisement

खराब बोसो

बोसो तीन प्रकारको हुन्छ, सेचुरेटेड, पोलीसेचुरेटेड र मोनो अनसेचुरेटेड। अनसेचुरेटेड फ्याट शरीरको लागि राम्रो हुन्छ। यसलाई ‘गुड फ्याट’ भनिन्छ।

जबकी सेचुरेटेड फ्याट स्वास्थ्यका लागि राम्रो मानिदैन। त्यती मात्र होइन, मोटोपन, टाइप २ डाइबिटिज, मुटुरोग, उच्च रक्तचाप, क्यान्सर गराउन पनि यही नै कारक हुनसक्छ।

सेतो बोसो

रिसर्च अनुसार सेतो बोसो पेट, हिप्स र जाँघमा जम्मा हुन्छ । सेतो बोसो अर्थात गुड फ्याट शरीरका लागि हानिकारक हुँदैन। रिसर्चले के देखाएको छ भने यसले कुनैपनि रोगको खतरा कम गर्छ।

यद्यपि यसको पनि मात्रा धेरै भएमा हानिकारक हुनसक्छ । स्वस्थ शरीरकालागि गुड फ्याटको स्तर फिटनेस र शारीरिक गतिविधिमा निर्भर गर्छ।

खैरो बोसो

खैरो बोसो स्नायु प्रणाली, मेरुदण्ड, गला र मिर्गौलाको आसपास हुन्छ। यो वयस्कको तुलनामा बालबच्चामा बढी हुन्छ । यसले नै शरीरलाई न्यानो बनाइराख्छ। किनभने यसले शरीरलाई न्यानो बनाइराख्नका लागि फ्याट्टी एसिड बर्न गरिराख्छ।

रिसर्च अनुसार खैरो बोसोले धेरै उर्जा खर्च गर्छ, जो मोटोपन क मगर्नका लागि जरुरी हुन्छ। सेतो र खैरो बोसो शरीरको हरेक हिस्सामा सूचना पठाउनका लागि समेत मद्दत गर्छ, जसले गर्दा तपाईं सक्रिय रहनुहुन्छ।

मिश्रित बोसो

भेज वा ब्राइट फ्याटले ब्राउन र ह्वाइट फ्याट कोशिकाको बीचमा काम गर्छ। यसले ब्राउन फ्याटका लागि भेज कोशिका बर्न गर्छ।

जरुरी फ्याट

स्वस्थ रहनका लागि शरीरमा फ्याट जरुरी छ, जसले दिमाग, नसाको माथि पातलो झिल्लीको रुपमा काम गर्छ। यसका साथै हर्मोन नियन्त्रणकाका लागि पनि बोसोको अहंम भूमिका हुन्छ।

भिसरल फ्याट

सबैभन्दा खरतनाक भिसरल फ्याट आन्द्रामा जम्मा हुन्छ र यसले रोगहरु निम्त्याउँछ । यसलाई बेली फ्याट पनि भनिन्छ। सामान्यत आन्द्रा, कलेजो, मिर्गौला र मुटुमा यो जम्मा हुन्छ। बिसरल फ्याटको सबैभन्दा ठूलो कारण भनेको क्यालोरी खानेकुरा लिनु नै हो।

कसरी कम गर्ने बिसरल फ्याट ?

बिसरल फ्याट कम गर्ने सबैभन्दा राम्रो उपाय हो, तपाईंले स्वस्थकर खानेकुरा खानु जरुरी छ। कार्ब्सको सेवन सकेसम्म कम गर्नुहोस्।

यसका साथै एरोबिक, योग वा व्यायामलाई आफ्नो दैनिकीको हिस्सा बनाउनुपर्छ। किटो डाइट पनि भिसरल फ्याट घटाउनका लागि सबैभन्दा महत्वपूर्ण हुन्छ। खासगरी किटो डाइटले कार्ब्सबाट फ्याट विस्थापित गर्छ।

More News last news
Loading...