कब्जियतको समस्या छ ? भुलेर पनि नखानुहोस् यी पाँच कुरा

काठमाडौँ । गर्मीको समयमा कतिपयलाई पेटसम्बन्धि समस्याले सताइरहेको पाइन्छ।प्रायजसो खानपानमा विशेष ध्यान नदिनेहरुलाई यस्तो समस्याले पिरोल्ने गर्छ। त्यसैले गर्मीको समयमा खानपानमा विशेष ध्यान दिनुपर्छ।

दैनिकी खानपानमा ध्यान दिन सकिएन भने रोगको शिकार मात्र बनिदैन मृत्युको मुखमा पर्न पनि बेर लाग्दैन। त्यसैले गर्मी होस् या जाडो मौसममा सन्तुलित आहारबिहार शैली अपनाउनुपर्छ।

Advertisement

भनिन्छ, सबै रोगहरु पेटबाट सुरु हुन्छन्। यदि पेट सफा छैन भने व्यक्तिको स्वास्थ्य पनि स्वस्थ हुने कुरै भएन।नियमित खानपानमा ध्यान दिन नसक्दा ग्याष्टिक र अपचले सताइरहेको हुन्छ। खासगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बालबालिका तथा वृद्धवृद्धाहरु यस्तो रोगको चपेटामा पर्ने गर्छन्।

यदि कसैलाई लामो समयदेखि पेटसम्बन्धि समस्याले सताइरहेको छ भने बुझ्नुपर्छ कि कुनै नयाँ रोग लाग्दैछ।यस्तो समस्या आएमा सम्बन्धित चिकित्सकसँग स्वास्थ्य जाँच गराउनुपर्छ।

खानपान शैलीमा ध्यान दिन सक्यौं भने कतिपय रोगबाट सजिलैसँग छुटकरा पाउन सकिन्छ। तलका पाँच चिज मात्र त्याग्न सक्यौं भने सधैं स्वस्थ र सुन्दर रहन सकिन्छ।

दूधबाट बनेका परिकार : यदि अपच वा कब्जियतले सताइरहेको छ भने दूधबाट बनेका परिकार खानु हुँदैन। दूधबाट बनेका परिकार पचाउन धेरै समय लाग्छ। यस्ता परिकारमा बोसोको मात्रा धेरै र फाइबरको मात्रा निकै कम हुन्छ। यस्ता परिकारको सेवनले कब्जियत बढ्ने मात्र हुँदैन मोटोपनाले पनि सताउने गर्छ।कब्जितबाट बच्न दूध वा दूधजन्य पदार्थ सेवन नगरौं।

चिप्स वा तारे भुटेका परिकार : आलु चिप्स खाँदा शरीरलाई फाइदाभन्दा वेफाइदा धेरै हुन्छ। यस्ता खानेकुरा खाँदा जति मीठा हुन्छन् त्यो भन्दा बढी स्वास्थ्यलाई असर पार्छन्।चिप्समा बोसोको मात्रा धेरै हुन्छ।यसलाई पचाउन समान्य खानाभन्दा धेरै समय लाग्छ।अर्को ध्यान दिनुपर्ने कुरा, तारे भुटेका परिकारले कब्जियत बढाउन ठूलो सहयोग गर्छन्।त्यसैले यस्ता परिकारबाट टाढै बस्नु बुद्धिमानी हुन्छ।

फ्रिजमा राखिएका परिकार : लामो समयदेखि फ्रिजमा राखिएका खानेकुरा खानु हुँदैन।यस्ता खाौपरिकारले पेटको समस्या उत्पन्न गर्छन्। त्यसैले सधैं ताजा तरकारी तथा फलफूलको सेवन गरौं।

बिस्कुट वा कुकिज : मैदाबाट बनाइने कुनै पनि परिकार स्वास्थ्यलाई फाइदाजनक हुँदैनन्। नियमित बिस्कुट तथा कुकिज खाँदा पेटमा समस्या उत्पन्न हुन्छ। मैदाका परिकार स्वास्थ्यलाई हानी गर्ने भएकाले यस्ता परिकार कहिल्यै खानुहुँदैन।

केरा : केराले खाना पचाउनमा ठूलो सहयोग गर्छ। त्यसैले खाना खाइसके पछि केरा खाने गरिन्छ। तर काँचो केरा खाँदा यसले ठूलै समस्या उत्पन्न गर्छ।सकेसम्म काँचो केरा कहिल्यै खानुहुँदैन।

More News last news
Loading...