जवानीमै कपाल फुल्यो ? मेहेन्दी हैन, यी उपायबाट बनाउनुहोस् केही दिनमै कालो र मुलायम

काठमाडौँ । आजभोलिको व्यस्त जीवनशैलीका कारण हामीले आफूलाई धेरै समय दिन पाउँदैनौँ । जस कारण हाम्रो शरीरमा निकै समस्या देखिने गर्छन्। यस बाहेक बढ्दै गएको प्रदूषण पनि हाम्रो स्वास्थ्यका लागि हानी कारक हुने गर्छ।

बढिरहेको प्रदूषणको असर सबैभन्दा बढी हाम्रो कपाल र छालामा पर्ने गर्छ। जवानीमै कपाल फुल्ने समस्या आजभोलि हर व्यक्तिका लागि देखिन्छ। आज हामी तपाईलाई केही उपायका बारेमा जानकारी दिदैछौँ, जसले गर्दा तपाईको सेतो कपाल छिट्टै कालो हुने गर्छ।

Advertisement

सेतो कपाल कालो बनाउन अपनाउनुहोस् यी घरेलु उपायः

१) सेतो कपाल कालो बनाउनका लागि अमला र रिठाको प्रयोग गर्न सकिन्छ। एउटा फलामको कडाइमा अमला र रिठाको पाउडरलाई रातभर भिजाइदिनुहोस्। त्यसपछि बिहान कपालमा राम्रोसँग लगाउनुहोस् सुकेपछि सफा पानीले त्यसलाई धुनुहोस्। हप्तामा २–३ पटक यो उपाय अपनाउँदा तपाईको कपाल चाडै कालो बन्न थाल्छ।

२) एलोभेरा लगाउँदा पनि कपाल चमकदार हुने गर्छ। तेल लगाउनुअघि कपालको जरामा एलोभेरा जेल लगाउनुहोस् । यसो गर्दा तपाईको कपाल कालो हुने गर्छ।

३) प्याजको रस पनि निकै उपयोगी मानिन्छ। प्याजको रसलाई कपालको जरामा लगाउनुहोस्। सुकेपछि कपाललाई स्याम्पु लगाएर धुनुहोस्। यो उपाय हप्तामा २,३ पटक गर्दा पनि तपाईको सेतो कपाल कालो हुन थाल्छ।

४) सेतो कपाललाई कालो बनाउनका लागि मेथी पनि निकै उपयोगी मानिन्छ। रातभर मेथीलाई पानीमा भिजाउनुहोस् र बिहान त्यसलाई पिनेर कपालमा लगाउनुहोस्। यो सुकेपछि स्याम्पु लगाएर पखाल्नुहोस्। यसो गर्दा तपाईको कपाल केही दिनमै कालो र चम्किलो हुनथाल्छ।

More News last news
Loading...