सबै सङ्गठनलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्कन एमालेको निर्देशन

काठमाडौँ । नेकपा (एमाले)ले सबै सङ्गठनलाई २०७५ सालको जेठ २ गते पूर्वकै अवस्था र जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ।

ललितपुरमा आज मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले पार्टी एकताका लागि भन्दै केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै सङ्गठन र कमिटीलाई २०७५ जेठ २ गते अघिकै अवस्था र जिम्मेवारीमा क्रियाशील हुन आग्रह गरेको हो।

Advertisement

पार्टीको विवाद मिलाउन गठन भएको कार्यदलले गरेको सहमतिअनुसार नै आजको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति पालना गर्दै एमालेका सङ्गठन र नेताको जिम्मेवारी २०७५ सालको जेठ २ गते अघिकै अवस्थामा फर्काउने वाचा गरेपछि माधव नेपाल पक्षमा गएका स्थायी कमिटी सदस्यहरु पनि एमालेमै फर्किएका छन्।

आजको बैठकमा माधव नेपालको साथ छाडेका युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरू पनि सहभागी भएका थिए।

More News last news
Loading...