काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५१८ जना, भक्तपुरमा ५२ जना र ललितपुरमा ११९ जना कोरोना संक्रमित थपिएका हुन्।
मन्त्रालयको तथ्यांक अनुसार हाल काठमाडौँमा ६ हजार ८८३, भक्तपुरमा १ हजार ४१६ र ललितपुरमा २ हजार २५९ जना सक्रिय संक्रमित रहेका छन्।
हिजो (सोमबार) उपत्यकामा ६६७ सङ्क्रमित थपिएका थिए । जसमध्ये काठमाडौँमा ४८३, ललितपुरमा १०३ तथा भक्तपुरमा ८१ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
देशभर २ हजार ५२५ संक्रमित थपिए
यस्तैगरी आज नेपालमा २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ९०९ जनाको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९०१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५०५ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी कोरोना संक्रमित मध्ये आज मात्रै ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
