देशभर आज थपिए १ हजार ९२० संक्रमित, २ हजार २४८ संक्रमित निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ४४३ जनाको पीसीआर परीक्षणमा १ हजार ७०२ र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २१८ जनामा कोरोना पुष्टि भएको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २४८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।

हिजो शनिबार २ हजार ७५ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो भने २ हजार ३८२ जना निको भएर घर फर्किएका थिए । यही अवधिमा थप ३० जनाको ज्यान गएको थियो।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४७ हजार ४३३ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८० हजार २०९ पुगेको छ।

संक्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ भने मृतकको संख्या १० हजार ५०९ पुगेको छ । हाल देशभर ३८ हजार ७५१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

More News last news
Loading...