अम्बाको पात प्रयोग गर्नुस्, १०० प्रतिशत निको हुन्छ कपाल झर्ने समस्या

काठमाडौँ । धेरैजसो मानिस कपाल झर्ने समस्याबाट ग्रसित हुन्छन्। यस समस्याबाट छुट्कारा पाउनको लागि मानिसहरु विभिन्न उपायलाई अपनाउँदछन्। तर पनि राम्रो परिणाम पाउन सक्दैनन्।

आज हामी तपाइँलाई अम्बाको प्रयोग गरी यस समस्याबाट मुक्ति पाउने प्राकृतिक उपायबारे जानकारी दिन्छौं। यसले तपाइँको कपाललाई बढाउनमा पनि मद्धत पुर्याउँदछ।

Advertisement

यस समस्याको समाधानको लागि अम्बाको पात धेरै नै राम्रो उपाय हो। बैज्ञानिकहरुको अनुसार अम्बामा भिटामिन ‘ बी ’ तत्व प्रचुर मात्रामा पाईने भएकोले यसले कपाल झर्ने समस्यालाई रोकि कपाल बढ्नमा सहयोग गर्दछ।

एउटा भाँडोमा पानी हाली त्यसमा अम्बाको पातलाई राखेर उमाल्नुहोस्। त्यसपछि यस मिश्रणलाई चिसो हुन दिनुहोस्। र चिसो भएपछि आफ्नो कपालमा राख्नुहोस्। यसपछि कपाललाई सफा पानीले पखाल्नुहोस्। राम्रो परिणामको लागि सुत्नुभन्दा अगाडि यसको प्रयोग गर्नुहोस्।

यो कपाल झर्ने समस्याको लागि धेरै नै राम्रो उपाय हो। यसले कपाललाई जरैदेखि बलियो र बाक्लो पनि बनाउँछ । मानिसहरु कपाल झर्ने समस्याबाट छुट्कारा पाउन महङ्गा साधनहरुको प्रयोग गर्ने गर्दछन्।

तसर्थ यसको प्रयोगले तपाइँको पैसा र समय दुबै बचत हुन्छ। त्यसैले अम्बाको पातको प्रयोग गरी आफ्नो कपाललाई बाक्लो र आर्कषक बनाउनुहोस्।

अम्बाको पातका अन्य फाइदा

अम्बाको पातबाट बनेको चिया मधुमेहका रोगीका लागि निकै फाइदाजनक हुन्छ ।

अम्बाको पातको रस निकालेर नियमित सेवन गर्नाले शरीरको तौल कम गर्न सकिन्छ । साथै कपाल र छाला स्वस्थ बनाउन पनि यसको प्रयोग उपयोगी हुन्छ ।

४० ग्राम अम्बाको पात र दुई चम्चा चामलको पिठोमा पानी हालेर उमालेर पिएमा पखाला कम गराउँछ ।

अम्बाको पात सेवनले पाचन प्रणालीलाई सक्रिय बनाउन सहयोग गर्छ ।

More News last news
Loading...