प्रेमका तीन रुपः कुनै पीडादायक, कुनै रोमाञ्चक, तपाईको कस्तो ?

काठमाडौँ । प्रेमको परिभाषा आयमिक छ। प्रेमको प्रारुप पनि फरक फरक हुन्छ। आमा र बच्चाबीचको प्रेम, मान्छे–मान्छेबीचको प्रेम, वैशालु जोडीबीचको प्रेम।

प्रेमको अनुभूतिमा पनि एकरुपता हुँदैन। कुनै प्रेम रोमाञ्चक र आनन्ददायक हुन्छ भने कुनै प्रेम पीडादायी पनि।

Advertisement

प्रेमको पहिलो प्रकारः चलचित्रको जस्तो प्रेम

यो त्यस प्रकारको माया हो, जुन हामी चलचित्रमा देख्छौं। जब हामी रोमान्टिक उपन्यास पढ्छौं, त्यसका पात्रहरु विल्कुल काल्पनिक हुन्। तर हामी त्यसैमा डुब्ने गर्छौं। केटा र केटी भेटिन्छन्। एक अर्कामा हेराहेर हुन्छ, उनीहरु एकअर्कासँग नजिकिन्छन्।

चलचित्रमा पनि त्यस्तै हुन्छ। केटा र केटी भेटिन्छन्, केटाको पुरुषार्थ र केटीको सुन्दरतामा दुवै मग्न हुन्छन्। एक अर्कामा मनपरापर हुन्छ र उनीहरु विहेसम्म पुग्छन्।

यो प्रेम पनि कतिपयको लागि साँचो लाग्छ र कतिपयलाई नक्कली। यसरी पहिलो भेटमा नै मन परेर जोडिएको जोडी संसारमा नमुना जोडीको रुपमा देखिने छ। धेरैले उनीहरुको जोडीलाई प्रेमको उदाहरणको रुपमा लिनेछन् । यसप्रकारको प्रेमलाई चलचित्रको जस्तो प्रेम मान्न सकिन्छ।

प्रेमको दोस्रो प्रकारः पीडा दिनेवाला माया

एउटा धेरै पुरानो भनाइ छ, त्यो माया के माया जसमा पीडा हुँदैन। यो सत्य हो कि पीडाबाटै हामीलाई आनन्दको महसुस हुन्छ। चाहे त्यो पीडा भावनात्मक होस् वा शारीरिक। यो तपाईंहरुको सम्बन्ध तोड्न पर्याप्त हुन्छ।

कहिलेकाहीँ तपाईं आफैंमा अभाव महसुस गर्न थाल्नुहुन्छ। यस्तो प्रेममा तपाईंलाई लाग्न सक्छ जो कोहीसँग पनि नराम्रो हुनुमा तपाईं नै जिम्मेवार हुनुहुन्छ। यस प्रकारको प्रेमको दुईटा सिमाना हुन्छ। पहिले तपाईं आफ्नो साथीको अपमानजनक व्यवहार सहनका लागि नै यस्तो प्रेम गरेको जस्तो लाग्छ। यस्तो प्रेममा तपाईंले आफ्नो आत्मसम्मानमा चोट पुगेको महसुस हुन्छ। यो अर्को खालको प्रेमको प्रकार हो।

प्रेमको तेस्रो प्रकारः अप्रत्याशित प्रेम

प्रायःजसो हामी त्यही व्यक्तिसँग प्रेममा पर्छौं, जसलाई हामी जतिबेला पनि सोच्ने गर्छौं । हामीले प्रेम गर्ने व्यक्ति पहिले मन परेको वा नपरेको पनि हुन सक्छ। मन नपरेको व्यक्ति भए पनि कसैसँग धेरै कुराकानी हुँदै गएपछि बिस्तारै मन पराउन थालिन्छ। तर कहिलेकाहीँ जिन्दगीले यस्तो खेल खेल्छ कि धेरै चीजहरु हामीसँग हुन्छ, जुन हामीले हाम्रो सपनामा पनि सोचेको हुँदैनौं।

कहिलेकाहीँ यस्तै अप्रत्याशित प्रेम हुन्छ। तपाईं कसैको प्रेममा पर्नुहुन्छ जसको विचार, जीवनशैली बिल्कुल तपाईंको सँग मेल खाँदैन। अझै पनि थाहा हुँदैन कि कुन आकर्षणले तपाईंहरु एक अर्कासँग जोडिनु भयो ? यो स्पष्ट रूपमा व्याख्या गर्न सकिँदैन।

कतिपय चलचित्रमा देखाइएको हुन्छ कि राम्रो केटी नराम्रो केटासँग जोडिएको हुन्छ, धनी केटी गरिब केटासँग प्रेममा जोडिएकी हुन्छिन्। यो संसारको लागि अनौठो लाग्न सक्छ। तर यो अनौंठो हुँदैन।

यस्तो प्रेममा के हुन्छ भन्ने धेरैलाई जानकारी हुन्छ। उनीहरु एकअर्कासँग बिस्तारै टाढिँदै जान्छन् । जसले गर्दा मायाबाट उनीहरु टाढा हुँदै जान्छन्।

अर्को शब्दमा भन्दा जब अप्राप्य प्रेम एक जीवनकालको लागि रहन्छ भने त्यस्तो अवस्थामा मान्छेहरु साँच्चिकै राम्रो पनि बन्छन्। तर कतिपयलाई लाग्छ कि उनीहरु साँच्चिकै नराम्रो मान्छेसँग प्रेममा परे। उनीहरुले एक अर्कालाई बदल्न खोज्छन् । तर सक्दैनन् र उनीहरु आआफ्नो बाटो लाग्छन्।

More News last news
Loading...