१७ हजारमा कोरोना टेष्ट, ३ हजार पोजेटिभ, २२ सय ४४ जना कोरोनामुक्त

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १७ हजार ६५४ नमूना परीक्षणमा यो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१० हजार ५३० नमूनाको पीसीआर र ७ हजार १२४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको थियो। जसमध्ये २ हजार ७९ नमूनाको पीसीआर र ९६३ नमूनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो।

Advertisement

यस्तै शुक्रबार कोरोनाबाट थप २६ जनाले ज्यान गुमाएका छन् । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा २२ सय ४४ जना कोरोनामुक्त भएका छन्।

हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४० हजार ३०९ पुगेको छ। कोरोना संक्रमित ७१४ जनाको आइसीयूमा र १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

हिजो बिहीबार नेपालमा ३ हजार ७५ जनामा कोरोना संक्रमण देखिएको थियो।

११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसका संक्रमित भेटिएका थिए भने ३३ जनाको मृत्यु भएको थियो।

More News last news
Loading...