नेपालमा थप ३ हजार ४०३ जनामा कोरोना पुष्टि, ४२ जनाको ज्यान गयो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८ सय ३८ परीक्षण गर्दा ३ हजार ४०३ जना संक्रमित थपिएका हुन्।

११ हजार ८ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा २६१३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ भने ४ हजार ९ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७९० जनामा संक्रमण पुष्टि भएको छ।

Advertisement

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२ जनाको संक्रमणका कारण ज्यान गएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १०४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९९३ जना संक्रमित भेटिएका छन्। जसमध्ये काठमाडौँमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका छन्।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ।

More News last news
Loading...