दल विभाजनसम्बन्धी अध्यादेशको महन्थ ठाकुर पक्षद्वारा स्वागत

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का महन्थ ठाकुर पक्षधर नेता तथा सांसद लक्ष्मणलाल कर्णले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश सकारात्मक रहेको बताएका छन्।

उनले आफूहरु नयाँ पार्टी गठनको गृहकार्यमा जुटेको खुलासा समेत गरे। राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा उनले आफूहरु उपेन्द्र यादवसँग मिलेर बस्न नसक्ने अवस्थामा पुगेकोले छिट्टै नयाँ दल दर्ता गर्ने बताए।

Advertisement

उनले भने, ‘संसद् नभएको बेलामा अध्यादेश ल्याउने यो संविधानसम्मत काम हो । संविधानले यो अधिकार दिएको छ । अहिले मैले भर्खरै सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भनेर सुनें,यदि आएको हो भने संविधानसम्मत हो। प्रत्येक पार्टीको अवस्था हेर्ने हो भने कहीँ धेरै,कहीँ थोरै भएपनि विग्रहको अवस्था देखिएको छ । म जुन पार्टीमा छु,यसमा पनि समस्या छन् । यो प्रश्न जबरजस्ती निर्वाचन आयोगले जन्माएको हो । हामी अहिले सर्वोच्च अदालत गएका छौं । निर्वाचन आयोगले उपेन्द्र यादवको पक्षलाई आधिकारिकता दियो । त्यो निर्णय कति ठिक छ वा छैन भन्ने कुरा म यहाँ चर्चा गर्दिन । तर,निर्वाचन आयोगको निर्णय गलत छ भनेर हामी अदालत गएका छौं।’

यसैगरी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रामकृष्ण यादवले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश संविधानसम्मत रहेकोले यसमा कसैको पनि विरोध नरहने दावी गरे।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै मन्त्रिपरिषद् विस्तार गर्ने पनि जानकारी दिए । यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता,सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले भने सरकारले दल विभाजनसम्बन्धी ल्याएको अध्यादेशको विरोध जनाए।

 उनले भने,‘नेपालको इतिहासमा खासगरी लोकतन्त्रमा दल बलियो भयो भनेमात्रै लोकतन्त्र बलियो हुन्छ। आज लोकतन्त्रको नै अगुवाई गर्छु भन्ने दलले अध्यादेश ल्यायो। दल विभाजनसम्बन्धी अध्यादेश ल्यायो।

More News last news
Loading...