काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आजै र नभए भोलि बुधवार अध्यादेश ल्याउने तयारी गरेको गठबन्धनका एक नेताले बताए । अध्यादेश ल्याउन सरकारले सोमबार नै संसदको चालु अधिवेशन अन्त्य गरिसकेको छ।
अध्यादेशमा के के छन् प्रावधान ?
सरकारले ल्याउन लागेको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय समिति विभाजनका लागि आवश्यक संख्या २५ वा ३० कति राख्ने भन्नेमा पनि नेताहरूबीच सहमति जुट्न बााकी छ । मन्त्रिपरिषद् बैठकमै यसको टुंगो लगाउने तयारी छ । अहिले दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत बहुमत चाहिन्छ।
यसैबीच एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरेकोमा विरोध गरेका छन् । अहिले यसै विषयमा छलफल गर्न एमालेको स्थायी कटिटी बैठक र संसदीय दलको बैठक बसिरहेको छ ।
त्यसो त ओली आफैं प्रधानमन्त्री हुँदा पनि दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी फुट्न सजिलो हुने गरी गत वर्ष वैशाख ८ गते ओली सरकारले अध्यादेश ल्याएको थियो।
उक्त अध्यादेशबाट जोगिन यादव नेतृत्वको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच रातारात एकता भएको थियो। तर तीव्र आलोचना भएपछि ओली सरकारले पछि उक्त अध्यादेश फिर्ता लिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
