काठमाडौँ । बितेको २४ घण्टामा देशभर ३४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २४५८ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ। यो संक्रमणदर हिजोको तुलनामा संक्रमितको संख्या बढी हो ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३४ हजार ८३८ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ७६ हजार १५ जनामा पुष्टि भएको छ।
संक्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ भने मृतकको कुल संख्या १० हजार ३२७ पुगेको छ।
यसअघि हिजो (आइतबार) २ हजार २१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने सोही अवधिमा ३३ जनाको मृत्यु भएको थियो ।
आइतबार सबैभन्दा धेरै काठमाडौँमा ५२२, कास्कीमा २८७, ललितपुरमा १५४, मोरङमा १४१ र सुनसरीमा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
