सामूहिक राजीनामा दिएका कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनमा स्वतः प्रतिनिधि बन्न पाउनुपर्ने माग राखेर सामूहिक राजीनामा दिएका २२ जना आमन्त्रित केन्द्रीय सदस्यको बैठक बस्दैछ।

बैठक १२ बजे बस्ने भएपनि स्थान भने तय नभएको राजीनामा बुझाउने आमन्त्रित केन्द्रीय सदस्य मध्येका एक किरण पौडेलले जानकारी दिए। उनका अनुसार अमेरिकामा रहेका आनन्द विष्ट बाहेकका अन्य २१ जना बैठकमा उपस्थित हुने छन्।

Advertisement

शुक्रबार राजीनामा दिएका आमन्त्रित केन्द्रीय सदस्यको राजीनामालाई सभापति शेरबहादुर देउवाले अस्वीकृत गरेका छन्। आमन्त्रित केन्द्रीय सदस्यलाई विधानमा अधिकार संकुचित गरिएको भन्दै उनीहरुले राजीनामा दिएको बताइएको छ।

पार्टीको विधान संशोधन गर्ने क्रममा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने र पाउनुहुन्न भन्ने विवाद भएको थियो।

राजीनामा बुझाउनेहरुः

१. कुमार खड्का
२. बालकृष्ण पाण्डेय
३. किरणराज शर्मा पौडेल
४. सुधीरकुमार शिवाकोटी
५. ध्रुव वाग्ले
६. शम्भुलाल श्रेष्ठ
७. मोहनसिंह राठौर
८. आनन्द विष्ट
९.जनकराज कलौनी
१०. कृष्णकिशोर घिमिरे
११. मनोहरनारायण श्रेष्ठ
१२. भूमिबहादुर (विश्व) गुरुङ
१३. राजेश बहादुर सिंह
१४. रमा कोइराला पौडेल
१५. दयाराम पाण्डे
१६. गोपालकुमार बस्नेत
१७. दिलीप राई
१८.अभिषेख प्रताप शाह
१९. नरेन्द्रकुमार चौधरी
२०. हसन अन्सारी
२१. नन्दनकुमार दत्त
२२. आशाराम चौधरी

More News last news
Loading...