बुटवल । लुम्बिनी प्रदेश सरकारमा आज विपक्षी गठबन्धनले दाबी पेस गर्दै छ । मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आज दिउँसो ३ बजेसम्म अर्थात २४ घण्टाको समय दिएर सरकारमा दाबी पेस गर्न भनेका थिए ।
कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको हो। विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ।
कांग्रेस र माओवादीबीच आठ आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ। सोही सहमति अनुसार सुरुको आठ महिनाका लागि माओवादी नेता केसीलाई अघि सारिएको हो।
केसीसहित आज तीन सदस्यीय मन्त्रीमण्डल विस्तार गर्ने गठबन्धनले बताएको छ। मन्त्रीमण्डलामा माओवादी केन्द्रबाट कृष्ण ध्वज खड्का र नेपाली कांग्रेसबाट डिल्ली चौधरी सरकारमा जाने स्रोतले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
