काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा १९ हजार १२३ नमूना परीक्षण गर्दा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो।
५९ सय ६ नमूनाको एन्टिजेन विधीबाट परीक्षण गर्दा १७ सय १० जना र १३ हजार २१७ नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३१ सय ९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ३५ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ। पछिल्लो २४ घन्टामा २१ सय १५ जना कोरोनामुक्त भएका छन्।
आज मात्रै काठमाडौं उपत्यकामा एक हजार १८६ कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो एकैदिन थपिएका संक्रमितको संख्या पछिल्लो समयको सबैभन्दा धेरै हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
