राष्ट्रिय सभा र प्रतिनिधि सभा बैठक आज बस्दै, यी हुन् कार्यसूची

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक आज बस्दै छ। बिहान ११ बजे बैठकमा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

मंगलबारको बैठकमा विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूचीमा उल्लेख छ।

Advertisement

त्यसैगरी, बैठकमा ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पनि पेस हुने कार्यसूची रहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’, ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि आजको बैठकमा पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘स्टाण्डर्ड नाप र तौल ९पाँचौं संशोधन० विधेयक, २०७६ पनि छलफलका प्रस्ताव गरिने र पारित गर्नका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

दिउँसो १ बजे प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

More News last news
Loading...