९२७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, बागमतीमै आधाबढी, कुन प्रदेशमा कति ?

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२७ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ७४१ कोरोना संक्रमितको आईसीयूमा र १८६ को भेन्टिलेटरमा गरी कुल ९२७ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १४६ जना आईसीयूमा र ५४ भेन्टिलेटरमा उपचाररत छन्।

Advertisement

यसैगरी प्रदेश २ मा ४ जनाको आईसीयूमा उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ४५८ जना आईसीयूमा र १०९ जना भेन्टिलेटरमा उपचारत छन्। यो कुल सिरियस बिरामीको संख्याको आधा हो।

त्यस्तै गण्डकी प्रदेशमा ६६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा लुम्बिनी प्रदेशमा ६२ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा, कर्णालीमा ६ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ९ जना आईसीयू र ७ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...