काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३५७३ जनामा गरिएको परीक्षणमा ३२१८ जनामा संक्रमण पुष्टि भएको हो।
८ हजार ८६६ जनाको आरटी पीसीआर र ४ हजार ७०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआरबाट दुई हजार २३१ र एन्टिजेनबाट ९८७ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार २४ घण्टामा १७ सय २२ जना संक्रमित निको भएर घर फर्किएका छन् भने संक्रमणबाट १९ जनाको ज्यान गएको छ। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ। त्यस्तै सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ४ सय ३२ रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुरमा गरि ९१० जनामा संक्रमण पुष्टि भएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
