नेपालमा थप ३ हजार ७२९ जनामा कोरोना पुष्टि, १५८ जना भेन्टिलेटरमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६७५ जनामा नमुना परीक्षण भएको थियो।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख १० हजार ५०९ र एन्टिजेन बिधिबाट ७६ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ।

Advertisement

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १० हजार ५०९ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको ज्यान गएको छ भने १ हजार ८८५ जना निको भएका छन्।

यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या संख्या १० हजार १९ पुगेको छ भने कूल ६ लाख ६५ हजार ५४८ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर सक्रिय संक्रमित ३४ हजार ९४२ जना रहेका छन् भने त्यसमध्ये भेन्टिलेटरमा १५८ जना रहेका छन्। यस्तै आईसीयूमा ७३२ जना रहेका छन्।

More News last news
Loading...