काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोनाभाइरस संक्रमित बढेसँगै मृतकको संख्यामा पनि वृद्धि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जनाको ज्यान गएको छ। यसअघि बुधबार ३५ र मंगलबार २४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८ हजार ४०८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो।
११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ७ लाख ८ हजार ७९ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०१२ रहेको छ । यो सँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेका छन् । जसमध्ये ३१ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३१४ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
कोरोनाका बिरामीमध्ये ७१३ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन्। यस्तै कोरोना निको हुनेको दर ९३.७ प्रतिशत रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
