‘आगामी ५ महिनामा कोरोनाका झण्डै २ लाख नयाँ संक्रमित थपिन्छन्’

काठमाडौँ । अबको पाँच महिनामा कोरोना भाइरसका झण्डै दुई लाख संक्रमित थपिने प्रक्षेपण सरकारले गरेको छ । यद्यपि, यो अरु समयको तुलनामा गिर्दो संख्या हुने बताइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीले बिहीबार संसदको शिक्षा स्वास्थ समितिमा पेश गरेको विवरणअनुसार साउन महिनापछि कोरोना संक्रमणको दर घट्दै जानेछ।

Advertisement

लोहनीले अबको ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरिएको जानकारी दिए। साउनमा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिँदा मंसिर महिनासम्ममा यो संख्या घटेर २५ हजार पुग्ने मन्त्रालयको अनुमान छ।

पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने तथा तीमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने पनि सरकारले जनाएको छ।

कुल जनसंख्याको १३ दशमलव ५ प्रतिशत व्यक्तिको कोरोना परीक्षणसम्पन्न भएको छ भने २ दशमलव ६ प्रतिशतमा कोभिड संक्रमण भएको देखिएको छ।

More News last news
Loading...