३ हजार १२५ कोरोना संक्रमित थपिए, २३ को ज्यान गयो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६१३ जनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८४६ जनामा कोरोना पुष्टि भएको छ।

Advertisement

पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९२५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २३ कोरोना संक्रमितको मृत्यु भएको हो।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन्।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ८९८ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

More News last news
Loading...