काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपाल थप २ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। १२ हजार ६३६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ जना र एन्टिजेन विधिबाट ५८७ जनामा संक्रमण पुष्टि भएको हो।
यही अवधिमा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन्। नेपालमा कूल संक्रमितमध्ये ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भइसकेका छन्।
नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ। हाल सक्रिय संक्रमितमध्ये २८ हजार ६३ जना होमआइसोलेसनमा, ३ हजार २३५ जना संस्थागत आइसोलेसनमा, ६७७ जना आईसीयूमा र १६९ जना भेन्टिलेटरमा उपचाररत छन्।
पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा ९ हजार ८७५ जनाको मृत्यु भइसकेको छ। नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ लाख ९५ हजार १३२ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। हालसम्म ४० लाख ६४ हजार २८८ जनाले पहिलो मात्रा र १८ लाख १३ हजार ४७१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
