काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १९१६ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
यसअघि शुक्रबार ३ हजार ६११ जनामा र बिहीबार ३ हजार ३६५ जनामा कोरोना संक्रमण देखिएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा क्रमश २ हजार ४६७ र ४ हजार ८७८ र १ हजार १४४ जनामा संक्रमण पुष्टि भएको थियो।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८१६ जना कोरोना संक्रमणमुक्त भएका थिए। शुक्रबार थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
