छालाको रुखो र चिल्लोपना हटाउन प्रयोग गर्नुहोस् यी चीज, आफै देख्नुहुनेछ चमत्कार

काठमाडौँ । सधै मानिसलाई सुन्दर देखिन निकै मुस्किल काम लाग्ने गर्दछ। तर सबैको एउटै चाहना हुन्छ, आफू सुन्दर देखिने। आजभोलि महिला होस् वा पुरुष सुन्दर बन्नका लागि निकै मेहनत गर्ने गर्दछन्।

जुन मानिस राम्रो हुँदैन्, उनीहरुको समाजमा मजाक उडाइने गरिन्छ। यस्तो अवस्थामा कसको चाहना नहोओस् सुन्दर देखिने। सुन्दर बन्नका लागि मानिस विभिन्न उपाय अप्नाउने गर्दछन्। कयौँ पटक यसबाट फाइदा हुनुको साथै नोक्सान पुग्ने गर्दछ।

Advertisement

महको प्रयोग स्वास्थ्यका साथसाथै सुन्दरताका लागि पनि फाइदाजनक हुने गर्दछ। छालाको रुखोपन, मृत त्वचा तथा तैलियपना हटाउनका लागि मह निकै लाभदायिक मानिने गरिन्छ। आज हामी तपाईलाई महको फाइदाका बारेमा जानकारी दिदैछौँ।

रुखोपन हटाउन
आधा कागतीको रसमा एक चम्चा मह मिलाएर पेस्ट तयार गर्नुहोस्। त्यसपछि अनुहारलाई राम्रोसँग धोएर यस पेस्टलाई अनुहारमा लगाएर लगाएर छोडिदिनुहोस्।

त्यसपछि २० मिनेटपछि यसलाई मनतातो पानीले अनुहार सफा गर्नुहोस्। यस्तो हप्तामा एक पटक अवश्य गर्नुहोस्। यसो गर्दा रुखोपना हटेर त्वचा मुलायम हुने गर्दछ।

छालाको मृत कोषिका हटाउन
एक चम्चा दूध पाउडरमा दुई चम्चा स्याउको जुस र आधा चम्चा मह मिसाएर पेस्ट तयार गर्नुहोस्। अनुहार सफा गरेर यस पेस्टलाई अनुहारमा लगाउनुहोस्।

त्यसपछि यसलाई १५ मिनेटपछि हात पानीले चिसो बनाएर विस्तारै अनुहार रगड्दै अनुहार सफा गर्नुहोस्। त्यसपछि अनुहारमा क्रीम लगाउनुहोस् । यो उपाय कम्तिमा पनि हप्तामा एक पटक अप्नाउनुहोस्, अनुहार मुलाएर हुनेछ।

अनुहार बनाउनुहोस् चम्किलो
अनुहार चम्किलो बनाउनका लागि आधा कागतीको रस निकालेर त्यसमा आधा चम्चा मह मिलाउनुहोस्। त्यसपछि यसलाई पेस्ट बनाएर अनुहारमा लगाउनुहोस्।

१५ मिनेटपछि अनुहारलाई चिसो पानीले धुनुहोस्। हरेक चार दिनको अन्तरालमा यो उपाय अप्नाउनुभयो भने तपाईको अनुहार चम्किलो हुनेछ।

कालो धब्बा हटाउनुहोस्
एउटा केरा लिएर त्यसलाई राम्रोसँग मिच्नुहोस्। त्यसपछि त्यसमा एक चम्चा मह र कागतीको रस मिलाएर पेस्ट तयार गर्नुहोस्।

पेस्टलाई अनुहारमा लगाएको १०-१५ मिनेटपछि मनतातो पानीले धुनुहोस्। यो प्रक्रिया हप्तामा एक पटक गर्दा मात्र पनि तपाईको अनुहार चम्किलो देखिन थाल्नेछ।

अनुहारको चिल्लोपना
२ चम्चा जैतुनको तेलमा एक चम्चा मह मिलाउनुहोस्। २ मिनेटसम्म राम्रोसँग मिक्स गरेर यसलाई केही बेर तताउनुहोस्।

त्यसपछि यसलाई अनुहारमा लगाएर केही मिनेटपछि मनतातो पानीले सफा गर्नुहोस्। यो प्रक्रिया हप्तामा २ पटक प्रयोग गर्दा त्वचाको चिल्लोपना सधैका लागि हरेर जाने गर्दछ।

More News last news
Loading...