आज झन् बढ्यो कोरोना संक्रमण, एकै दिन थपिए ३ हजार ८९९ संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ६५५ जनाको पीसीआर परीक्षणमा २ हजार ७२६ र ४ हजार ८६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १७३ जना गरी कुल ३ हजार ८९९  जनामा कोरोना पुष्टि भएको हो।

Advertisement

यस्तै, पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको ज्यान गएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ७७८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा ४ सय बढी संक्रमित थपिएका छन् ।

सोमबार (हिजो) १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको थिया भने आइतबार देशभर २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

More News last news
Loading...