काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या पुनः बढेको छ। अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा १ हजार बढी कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
अघिल्लो दिन अर्थात आइतबार देशभर २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। अघिल्लो दिन परीक्षण भने केही अर्थात देशभर १३ हजार ८३४ जनाको स्वाब परीक्षण भएको थियो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ सय ८६ जना संक्रमणमुक्त भएका छन् भने २५ जनाले ज्यान गुमाएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ८२ हजार ९४७ जना पुगेको छ भने एन्टिजेनबाट ५५ हजार ९७१ पुगेको छ।
यस्तै संक्रमितमध्ये ६ लाख ४५ हजार ३०१ जना निको भएका छन्। यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ७३८ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
