बेला-बेलामा कान बजेको जस्तो महशुस हुन्छ ? यी उपाय अपनाउनुहोस्

काठमाडौँ । धेरैले आफ्नो कान बजेको बताउँछन्। त्यसरी कान कराएको आफूले मात्रै सुनिन्छ । तर यस्तो समस्याबाट धेरे वयस्क मानिस पीडित हुने गरेका छन्।

पछिल्लो एक अध्ययन अनुसार हरेक १० जनामध्ये एक बयस्य मानिस यस समस्याबाट पीडित हुने गरेका छन्। कसैले जोडसँग कराएको सुन्छन् भने केहीको कान हल्का कराउँछ।

Advertisement

कानमा जम्मा हुने फोहर, कुनै चर्को आवाजले पनि कान कराउँछ । किनकी फोहर वा चर्को आवाजले कानको नलीमा रक्त प्रबाहलाई असन्तुलित बनाइदिन्छ। डिप्रेसन वा अन्य रोगको औषधीको साइड इफेक्टले पनि कान कराउँछ।

कान कराउने रोगको खासै उपचार नभएको चिकित्सक बताउछन्। तर, पनि यसबाट बच्ने केही उपाय भने छन्ः

चर्को आवाजका कारण कानबाट आवाज आउँछ भने कन्सर्ट वा ठूलो आवाज आउने ठाउँमा जाँदा कानमा रुई वा कपडा राख्ने गर्नुपर्छ।

कतिपय अवस्थामा चिन्ताका कारण कान बजेको आवाज आउने भएकोले तनाबलाई व्यबस्थापन गर्नुपर्छ। गहिरो श्वास लिनुपर्छ। श्रवण शक्ति कमजोर भएमा पनि कानबाट आवाज आउँछ। कन्सर्टमा जाँदा कानमा जहिले पनि इयर प्लग राख्नुपर्छ।

गत महिना सार्बजनिक गरिएको एक अध्ययन अनुसार कन्र्सट जाने १२ प्रतिशत मानिस कान कराउने समस्याबाट पीडित हुने गरेका छन्।

More News last news
Loading...