हात खुट्टासँगै छालामा यी परिवर्तन देखिए ? सावधान !

काठमाडौँ । अधिकांश केशहरुमा ब्लड क्लटलाई राम्रो मानिन्छ। जब हामीलाई चोट लाग्छ, तब क्लटले रगत बग्नबाट रोक्छ।यद्यपि, यही क्लट कहिलेकाहिं त्यसबेला हुन थाल्छ, जतिबेला यसको आवश्यक हुँदैन।

ब्लड क्लट त्यसबेला खतरनाक हुन्छ, जब यो मांसपेशि नजिक नशामा बन्न थाल्छ। यसले रक्त सञ्चारलाई रोक्छ। जसका कारणले कहिलेकाहिं यो घातक पनि हुन्छ। ब्लड क्लटको लक्षण के हुन्छ र कुन बेला हामीले डाक्टरसंग सम्पर्क गर्नु पर्छ भन्ने बारेमा केही जानकारी :

Advertisement

हात र खुट्टा सुन्निदा
हात अथवा खुट्टामा सुजन ब्लड क्लटको प्रमुख लक्षण हो। ब्लड क्लटले हात-खुट्टाको रक्त सञ्चारमा बाधा पुऱ्याउँछ, जसका कारणले सूजनको समस्या हुन्छ। यस्तो अवस्था आयो भने डाक्टरसंग सम्पर्क गर्नु आवश्यक छ।

हात खुट्टा दुख्नु
सामान्यतया ब्लड क्लट हुँदा सुजन तथा छाला रातो हुने लक्षणको रुपमा देखिन्छ। यद्यपि कहिलेकाहिँ केवल दुखाई मात्र पनि हुन सक्छ । प्राय: मानिस हात–खुट्टाको दुखाईलाई मांसपेशि तन्किएको भन्ने सम्झेर वेवास्ता गर्छन् र पछि गएर यो खतरनाक हुन्छ । ब्लड क्लटको दुखाई हिंडडुल अथवा खुट्टा माथि उठाउँदा पनि हुन सक्छ।

छाला रातो हुनु
चोट लाग्दा रगत जम्नु सामान्य कुरा हो । जसकारण छालाको रंग पनि केही समयका लागि परिवर्तन हुन्छ । यसका लागि चिन्तित हुनु आवश्यक छैन । नसामा रगत जम्यो भने त्यो ठाउँको छाला धेरै रातो हुन्छ र त्यहाँ छुँदा पनि तातो हुन्छ।

छाती दुख्नु
छाती दुख्नुलाई मानिसहरु सामान्यतया हृदयघात भन्ने बुझ्छन्, तर यो पल्मोनरी एम्बोलिज्मको लक्षण पनि हुन सक्छ । जसमा फोक्सोसम्म रगत पुऱ्याउने बाहिकामा रगत जम्छ । पल्मोनरी एम्बोलिज्मको दुखाई तिव्र हुन्छ र सास फेर्दा दुखाई झन् बढ्न थाल्छ । यस्तो स्थितिमा तुरुन्त डाक्टरसंग सम्पर्क गर्नु पर्छ ।

सास फेर्न समस्या
फोक्सोमा रगत जम्यो भने अक्सिजनको सञ्चार सुस्त हुन्छ। जसकारण हामीलाई सास फेर्न गाह्रो हुन थाल्छ । हामीलाई भित्रबाट कम्जोर भएको महसुस हुन्छ । भऱ्याङ चढ्दा स्वाँ-स्वाँ हुन थाल्छ । यदि यस प्रकारको समस्या अचानक महसुस भयो भने डाक्टरसंग सम्पर्क गर्नु आवश्यक छ।

मुटुको धड्कन तिव्र हुनु
अक्सिजनको सञ्चार कम हुँदा मुटुको धड्कन तिव्र हुन्छ। जसका कारण छाती दुख्न पनि थाल्छ । यी सबैसंगै सास फेर्न समस्या हुन्छ । यसले पल्मोनरी एम्बोलिज्म दुखाईको संकेत पनि दिन्छ। थोरै रगत जम्नाले पनि मुटुको धडकन तिव्र हुन सक्छ । रगत जम्ने क्रम बढ्दै गएपछि रगतको अक्सिजनमा कमी आउन थाल्छ।

लगातार खोकी लाग्नु
लगातार खोकी लाग्नु पनि यसको एउटा लक्षण हो । स्वास्थ्य विशेषज्ञहरुका अनुसार छातिमा दुखाइसंगै सुख्खा खोकी पनि लाग्न सक्छ। कहिलेकाहिं यसमा रगत पनि देखा पर्न सक्छ। त्यस्तो भयो भने हामीले समयमै डाक्टरसंग सम्पर्क राख्नु पर्छ।

बेहोश हुनु
रगत जम्नाले फोक्सोबाट केमिकल निस्कन थाल्छ। ब्लड अक्सिजनमा परिवर्तन आउन थाल्छ, ब्लड प्रेसर र मुटुको चाल बढ्न थाल्छ । जसका कारण व्यक्ति अचानक बेहोश हुन्छ। यद्यपि यो लक्षण ब्लड क्लटको सामान्य लक्षण होइन । प्राय: मानिसहरु पल्मोनरी एम्बोलिज्मका कारणले पनि बेहोश हुन्छन्।

More News last news
Loading...