नेपालमा बढ्यो कोरोनाः लकडाउन खुलेपछिकै धेरै संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ। १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो।

नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ।

Advertisement

हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६७१ जना संस्थागत आइसोलेसन, ६५० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत छन्।

यही अवधिमा थप २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन्। हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ४१ हजार ५६५ जना सङ्क्रमणमुक्त भइसकेका छन्। नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ।

त्यस्तै, कोभिड-१९ को सङ्क्रमणबाट थप १६ जनाको मृत्यु भएको छ। नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६९५ रहेको छ। नेपालमा यस रोगबाट मृत्यु दर १.५ प्रतिशत रहेको छ।

More News last news
Loading...