काठमाडौँ । जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ।
विश्वव्यापी खोप सहयोग कार्यक्रम कोभ्याक्समार्फत् जापान सरकारले नेपाललाई करिब १६ लाख मात्रा जापानमा बनेको आस्ट्राजेनेका खोप सहयोग स्वरूप उपलब्ध गराउने भएको हो।
नेपालका लागि जापानी राजदूत किकुटा याटकाले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट गर्दै खोप सहायताबारे जानकारी दिए।
प्रधानमन्त्रीले जापान सरकारको घोषणाप्रति धन्यवाद व्यक्त गरेका छन् ।
जापानी विदेशमन्त्री मोटेजी टोशिमिटसुले गत मङ्गलबार नै खोप सहायता घोषणा गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
