नेपालमा थप २ हजार ७१४ जनामा कोरोना पुष्टि, २४ को ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १२२ पीसीआर परीक्षणमा १ हजार ८५५ जना र ३ हजार ७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ भने १ हजार २८८ जना संक्रमणमुक्त भएका छन्।

बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ। तीमध्ये ९ हजार ९६६१ जनाको मृत्यु भएको छ भने ६ लाख ३७ हजार ६९० जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ जना रहेका छन्। जसमध्ये २४ हजार ६१६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५९ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

कोरोनाका बिरामीमध्ये ६३५ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत् छन्।

More News last news
Loading...