काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा २ हजार ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले सो जानकारी दिएका हुन्।
उनले सोही अवधिमा १ हजार ४१५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ। यस्तै काठमाडौँमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना गरी ६९७ जनामा संक्रमण पुष्टि भएको उनले बताए।
हाल देशका १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन्। हाल देशभर संक्रमणबाट ९ हजार ६३७ जनाको मृत्यु भइसकेको छ भने कुल संक्रमितमध्ये ६ लाख ३६ हजार ४०२ जना निको भएका छन्।
हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख २४ हजार ४५५ जना पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
