काठमाडौँ । पछिल्लो २४ घण्टामा १३ हजार १३५ जनाको स्वाब परीक्षण हुँदा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यो संख्या हिजोको भन्दा बढी हो । सोमबार २ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९५३ पुगेको छ।
यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुँदा ९ हजार ६०७ जनाको मृत्यु भएको छ। हालसम्म कोरोना निको हुने दर ९४.६ प्रतिशत रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
