नेपालमा थप १ हजार ८०१ जनामा कोरोना पुष्टि, २३ जनाको ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

९ हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२२३ जना र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि भएको हो।
यही अवधिमा थप १६६७ जना संक्रमणमुक्त भएका छन्।

Advertisement

नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन्। नेपालमा निको हुने दर ९४.७ प्रतिशत रहेको छ।

देशभर २२ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६५१ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

५६१ जना आईसीयूमा छन् भन् १६५ जना भेन्टिलेटरमा रहेका छन्। त्यस्तै, कोभिड-१९ को संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ।

हालसम्म नेपालमा ९ हजार ५५० जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन्। नेपालमा कोभिड-१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ।

More News last news
Loading...