नेपालमा थप २ हजार ६७६ जनामा कोरोना पुष्टि, ३३ को ज्यान गयो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

देशभर ८ हजार २५६ पीसीआर र ४ हजार ५१२ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ७८२ र ८९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

Advertisement

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९ हजार ४३७ पुगेको छ। जसमध्ये ६ लाख २६ हजार ४६८ जना निको भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७५७ जना निको भएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ६३९ रहेको छ। हाल निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट थप ३३ जनाको ज्यान गएको छ। यो सँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ४६३ पुगेको छ।

More News last news
Loading...