नेपालमा थप २ हजार ३७० जनामा कोरोना पुष्टि, १८ जनाको ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टाभित्र नेपालमा थप दुई हजार ३७० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।

देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

Advertisement

मन्त्रालयका अनुसार कूल ११ हजार ५८४ जनाको नमूना परीक्षण गर्दा दुई हजार ३७० जनामा कोरोना पोजिटिभ देखिएको हो।

जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट एक हजार ६९० र एन्टिजेन विधिबाट ६८० संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल सात हजार ६८९ पीसीआर र तीन हजार ८९५ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख एक हजार ४५८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टाभित्र नेपालमा थप एक हजार ५३३ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख २१ हजार २७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको ज्यान गएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ हजार ४०० पुगेको छ।

More News last news
Loading...