नेपालमा थप १ हजार ८३१ जनामा कोरोना पुष्टि, २० जनाको ज्यान गयो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५३५ पीसीआर परीक्षणमा १२३७ जना र ३६८३ एन्टिजेन परीक्षणमा ५९४ गरी १८३१ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३९१ जना संक्रमित भेटिएका छन्। जसमध्ये काठमाडौँ जिल्लामा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना भेटिएका छन्। पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १५३३ रहेको छ र मृत्यु हुनेको संख्या २० रहेको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १७३ जना रहेका छन्। जसमध्ये २३ हजार ४७१ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७०२ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ५५३ जना आईसीयू र १७५ जना भेन्टिलेटरमा उपचाररत् छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा २६३, कास्कीमा १५२, ललितपुरमा ९७, झापामा ८५, चितवनमा ८३, कैलालीमा ७२, मोरङमा ७० जनामा कोरोना संक्रमण देखिएको छ।

यस्तै नुवाकोटमा ४२, काभ्रेपलाञ्चोक र रुपन्देहीमा ३४/३४ जना, भक्तपुरमा ३१, सुनसरीमा २८, गोरखामा २१, कञ्‍चनपुरमा १७, नवलपरासी पुर्वमा १६, रसुवामा १३, धादिङ, अर्घाखाँची र बाँकेमा ११/११ जना र तनहुँमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

१० वर्ष मुनिका ४० बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

More News last news
Loading...