भूलेर पनि यसरी छालामा नलगाउनुहोस् कागती, नत्र देखिनसक्छ यस्तो समस्या

काठमाडौँ । कागतीको प्रयोग अनुहारको तत्वचाको लागी बहुतै लाभदायक हुने गर्दछ। भनिन्छ कि कागतीको प्रयोगले तत्वचाको रंग सफा हुने गर्दछ।

दाग धब्बा जस्ता समस्याहरुबााट पनि राहत मिल्ने गर्दछ। हरेक सिक्काको दुई पाटा हुने गर्दछन्। यदि कागतीको फाइदा हुन्छ भने यसको बेफाइदा पनि हुने गर्दछ। जसको कारणले तपाईले कागतीको प्रयोग गर्नु जोखीमपूर्ण पनि बन्नसक्छ।

Advertisement

कागती प्रयोग गर्नुका बेफाइदाहरु

कागती एक सिट्रस फल हो। सिट्रस एक प्रकारको एसिड हो। जसको अत्याधिक प्रयोगले तपाईको त्वचालाई हानी पनि पुर्याउन सक्छ।

छाला चिलाउनु वा पोलेको जस्तो महसुस हुनु

कागतीको प्रयोगले छालामा देखिने समस्या जस्तै चिलाउनु, पोल्नु, रैशेज जस्ता समस्याहरु हुनु सामान्य कुरा हो।

कागतीमा काफी मात्रामा एसडि हुने गर्दछ जुन तपाईको त्वचाको लागी खतरनाक साबित हुने गर्दछ। छालामा कागती लगाउनाले छाला एकदम रुखो र राता राता बिबिरा आउने समस्या पनि देखिन सक्छन्। यदि तपाईको त्वचा अत्यन्तै संवेदनशील छ भने त्वचामा कागतीको प्रयोग नगर्नुस्।

कागतीको साइड इफेक्ट छालामा सेतो दाग

तपाईंले केही व्यक्तिहरूको छालामा सेतो र ठूला दागहरू देख्नु भएको छ होला । यस छालाको अवस्थालाई ल्युकोडर्मा वा भटिलिगो भनिन्छ।

छालामा मेलानिनको कम स्तरको कारण, छाला सेतो हुन थाल्छ। जब मानिसहरूले छालामा दागहरू हटाउन निम्बू प्रयोग गर्छन्, यसले मेलानिनको स्तर कम गर्न सक्छ।

कागतीको साइड इफेक्टस् फाइटोफोटोडर्माटाइटिस

तपाईंको छालामा निम्बू जस्तो सिट्रस फलहरू प्रयोग गरे पछि अल्ट्राभायोलेट किरणको संपर्कमा हुँदा एउटा फाईटोफोटोडरटाइटिस छालाको प्रतिक्रिया हुन सक्छ। यसले गम्भीर रुपमा छाला रातो हुँदै जाने, छाला सुनिएको महसुसु हुने, जस्ता समस्याहरु निम्त्याउन सक्छ।

सनबर्नको खतरा

जब हामी छालामा कागती प्रयोग गर्दछौं, यसले तपाईको छालामा सनबर्नको जोखिमलाई बढाउँछ। यदि तपाईं कतै बाहिर जानको लागि योजना गर्दै हुनुहुन्छ भने, त्यसपछि केहि दिन अघि वा लगातारको लागि कागती प्रयोग नगर्नुहोस्। यो तपाइँको छाला को लागी हानिकारक हुन सक्छ।

More News last news
Loading...