घाँटीमा समस्या आइरहन्छ ? यसरी पाउनुहोस् छुटकारा 

काठमाडौँ । केही व्यक्तीको घाँटीमा अलिकती चिसो पर्यो भने पनि स्वर जाने, धेरै बोल्यो भने पनि स्वर सुक्ने समस्या हुन्छ।

जो व्यक्तीको बोली वाणीमा समस्या छ, जसको बोल्दा बोल्दै स्वर सुकेर जान्छ, केही खादाँ घाँटीमा एर्लजी हुन्छ, हरेक दिन स्वर सुक्ने समस्या छ, चिसोबाट घाँटीमा समस्या आउँछ।

Advertisement

यस्ता समस्या त्यस्ता व्यक्तीलाई आउँछ जसको शरीरमा बुध ग्रह कमजोर भएको हुन्छ। यसका लागि बुध ग्रहको कलर हरियोलाई प्रयोग गर्न सकिन्छ। बजारमा पाइने सबै हरियो कपडामा शुद्ध हरियो हुँदैन त्यसैले यसका लागि सुतिको हरियो कपडा प्रयोग गर्न सकिन्छ।

हरियो सुतिको कपडालाई पानीमा फिजाएर घाँटीमा पानी पट्टि लगाएको जसरी राख्ने यसो गरेमा घाँटीमा आउने समस्याबाट छुटकारा पाउन सकिन्छ। यस्तो विधिलाई कलर थेरापी भनिन्छ।

यदी घाँटीको समस्या अलि बढी नै भए बुधबारको दिन बिहान सुर्य नउदाउँदै बुध ग्रहको पन्ना धारण गर्न सकिन्छ। यसो गर्नाले घाँटीका सम्पुर्ण समस्या हटेर जान्छ।

More News last news
Loading...