काठमाडौँ । एक्कासी ढाड वा कम्मरमा झस्का पस्ने समस्याले धेरैलाई सताएको छ । के कारणले एक्कासी ढाड वा कम्मरमा झस्का पस्छ ? मेरुदण्डलाई मांशपेसीले समातेको हुन्छ।
कम्मर वा ढाडलाई बोझ पर्ने कुनैपनि काम गर्दा मांसपेशीमा संकुचन आयो वा ‘मसल स्पाजम’ भयो भने खुम्चन्छ र मांसपेशी पुनः पहिलेको जस्तो भएन भने एक्कासी झस्का पस्छ।
लक्षण
बसेर उठ्दा, नुहाएर बाहिर निस्कँदा वा निहुरिएर बस्दा एक्कासी च्वास्स दुख्नु वा झस्का पस्नु । झस्का पस्दा ढाड वा कम्मरमा दुखाई ज्यादा हुन्छ । ढाड अररो हुन्छ,चल्दा वा यताउता गर्दा धेरै दुख्ने हुन्छ । झस्का पस्दा घरमै पनि उपचार गर्न सकिन्छ।
झस्का पसेको ठाउँमा तातोले सेक्ने । झस्का पस्दा दुखाई बढी भएपनि धेरैले यसलाई सामान्य रुपमा लिन्छन् । तर झस्का पस्दा बेवास्ता वा दुखाई कम गर्ने अनावश्यक औषधिको सेवन गर्नु हुँदैन।
कहिलेकाँही नशा च्यापिएर पनि झस्का पस्ने हुनसक्छ । त्यसकारण झस्का पसे पछि जतिसक्दो छिटो विशेषज्ञ चिकित्सककोमा परीक्षण गराउनु पर्छ।
कस्ता व्यक्तिलाई बढी झस्का पस्छ ?
१.लगातार निहुरेर काम गर्ने ।
२.कुर्सीमा लामो समयसम्म बसेर काम गर्ने ।
३.उठिरहने वा निहुरिरहने ।
४.विशेषगरी शारीरिक बनावट र कामको बोझले गर्दा तुलनात्मक रुपमा महिलाहरुमा झस्का पस्ने समस्या बढी हुन्छ ।
झस्का पस्ने सम्भावना बच्चामा कम हुन्छ ।उमेर बढेसँगै यो समस्या पनि बढ्ने गर्छ।
झस्का पस्ने प्रमुख कारण
१.शारीरलाई चलायमान नराख्दा ।
२.बढी तौल वा अस्वस्थ खानपान ।
३.शारीरिक व्यायाम नगर्ने ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
