नेपालमा थप २६ सय २२ जनामा कोरोना पुष्टि, २३ को ज्यान गयो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ५ सय २७ जनाको पीसीआर र एन्टीजेन परीक्षणका क्रममा २६ सय २२ जनामा संक्रमण पुष्टि भएको हो।

७ हजार ४ सय ९९ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ४५ र ४ हजार २८ एन्टीजेन परीक्षण गर्दा ८ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

सोही अवधिमा कोरोना संक्रमणका कारण थप २३ जनाको ज्यान गएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार २ सय ४८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई हजार २११ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्। यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख ११ हजार ४२९ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर रहेका २५ हजार ६९० सक्रिय संक्रमितमध्ये २२ हजार ९९८ जना होम आइसोलेसनमा रहेका छन्।

यस्तै संस्थागत आइसोलेसनमा २ हजार ६९२ जना रहेका छन्। तीमध्ये ५७१ जनाको आईसीयू र १८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४१०, प्रदेश २ मा ४८ तथा बागमती प्रदेशमा ८५६ जना संक्रमित थपिएका छन्। यसैगरी गण्डकीमा २४८, लुम्बिनीमा १४५, कर्णालीमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

More News last news
Loading...