कोरोना खोप भेरोसेल खरीदका लागि सम्झौता, असार २४ देखि आपूर्ति हुने

काठमाडौँ । सरकारले कोरोना खोप भेरोसेल खरीदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको जानकारी दिएका हुन्।

Advertisement

२४ असारबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। तर कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको खुलाएका छैनन्।

अधिकारीहरूका अनुसार ४० लाख डोज खरिदका लागि सम्झौता भएको छ। ‘नन् डिस्क्लोजेवल एग्रिमेन्ट (एनडीए) अनुसार खोप खरीद गरिएको भएकाले थप कुराहरु भन्न मिल्दैन’ मन्त्रालयका उच्च अधिकारीले भने।

मन्त्रालयका ति अधिकारीका अनुसार पछिल्लो २ साता चीनसँग ननडिस्कोजेवल एग्रिमेण्ट गर्न सरकारले पहल गरिरहेको थियो।

नेपालले खोप खरीदको लागि प्रस्ताव राख्दा चीनले गोप्य सम्झौता गर्नुपर्ने बताएको थियो। खोप खरीदको लागि अन्य विकल्प बन्द भएपछि सरकार गोप्य सम्झौताको लागि तयार भएको अधिकारीहरूले बताएका छन्।

More News last news
Loading...