काठमाडौँ । अस्वस्थकर खानपान तथा जिवनशैलीका कारण अहिले आम मानिसहरुमा पेटमा ग्यास भरिने अर्थात् पाद र डकार आउने जस्ता समस्या आम समस्या बनिरहेका छन्।
पोषण विज्ञहरुका अनुसार मानिसका केही बानी व्यहोराहरु पेटमा ग्यास भर्नमा जिम्मेवार हुन्छन्। त्यसैले पेटमा ग्यास भरिनबाट रोक्नका लागि त्यस्ता आनीबानी तथा खानेकुराबाट बँच्नुपर्छ।
· खानेकुरालाई राम्रोसँग नचपाई खानाले खाना पच्नमा समय लाग्दछ । खाना राम्रोसँग नपचेपछि एसिड बन्न थाल्दछ र पेटमा ग्यास भरिन थाल्दछ । त्यसैले खानेकुरा खाँदा हडबडाउने र छिटो छिटो नचपाइकन निल्ने काम गर्नु हुँदैन । राम्रोसँग चपाएर खानुपर्छ ।
· निद्रा कम हुनाले पनि खानेकुरा अपच हुने समस्या पैदा हुन्छ । दिनमा ७ घण्टाभन्दा कम समयको निद्राले अपचको समस्या हुन्छ र यसले पेटमा ग्यास पैदा गर्दछ । त्यसैले पर्याप्त निद्रा लिनुहोस ।
· व्यायाम, हिँडडुल तथा शारीरिक गतिविधि नगर्दा सरीरको मेटाबोलिज्म धिमा हुन्छ । यसो हुँदा खानेकुरा ठीक ढंगले पच्न पाउँदैन र ग्यासको समस्या सिर्जना हुन्छ।
· लामो समयसम्म लगतार बसेर कम गर्नाले खाएको खाना राम्रोसँग पच्न पाउँदैन । यसले गर्दा पेटमा आवश्यकता भन्दा बढि अम्ल जम्मा हुन्छ र ग्यासको समस्या सिर्जना हुन्छ।
· सोडा तथा कोल्ड ड्रिंक्समा कार्बनडाइअक्साइड उच्च मात्रामा पाइन्छ । यसले पेटमा गएर एसिड पैदा गर्दछ । त्यसैले कोल्ड ड्रिंक्स तथा सोडापानी धेरै पिउँदा पनि पेटमा ग्यासको समस्या हुन्छ।
· भुजिया, समोसा जस्ता तारेको खानेकुराहरुमा चिल्लोको मात्रा अधिक हुन्छ। यो सजिलैसँग पच्न पाउँदैन र त्यसले पेटमा ग्यास उत्पादन हुन थाल्दछ। त्यसैले तारेको खानेकुराहरु धेरै खानु हुँदैन।
· बियर तथा वाइन धेरै पिउनाले पनि पेटमा ग्यासको समस्या पैदा हुन्छ । किनकी यी पेय पदार्थ पिउनाले पेटमा आवश्यकता भन्दा बढि एसिड उत्पादन हुन्छ । त्यसैले बढि बियर तथा वाइन पिउनु हुँदैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
