काठमाडौँ । आज भोलि भागदौडका कारण आफ्नो स्वास्थ्यको ख्याल गर्ने धेरैलाई समय कम हुने गर्दछ। खासगरी पुरुष आफ्नो स्वास्थ्यलाई ध्यान राख्न समय निकाल्न सक्दैनन्।
घर र अफिसको जिम्मेवारीका कारण उनीहरु आफ्नो स्वास्थ्यमा त्यती ध्यान दिन पाउँदैनन्। जसका कारण उनीहरु विभिन्न रोगका कारण तनाबमा हुने गर्दछन्।
आज हामी पुरुषका लागि केही खास हेल्थ टिप्सका बारेमा जानकारी दिदैछौँ। जसको प्रयोगबाट तपाई सधै स्वस्थ रहन सक्नुहुनेछ।
१) प्रायः पुरुषहरु अफिसको कामका कारण घरमा आराम गर्ने गर्दछन्। धेरै आराम गर्दा, जंक फुडको सेवन गर्दा, डिब्बामा राखेको खाना खाँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने गर्दछ। कोलेस्ट्रोलको मात्र र एलडीएल नियन्त्रणमा राख्नका लागि हरेक दिन शारिरीक व्यायाम गर्नुहोस्।
२) यदी तपाई ब्लड प्रेसरको समस्याबाट बच्न चाहनुहुन्छ भने हरेक दिन योगा र शारिरीक व्यायाम गर्नुहोस्। व्यायामले शरीरमा रक्त सञ्चार प्रक्रिया सही रुपमा हुने गर्दछ। रक्त सञ्चार सही तरिकाले हुँदा हृदय सम्बन्धी रोग हुँदैन् र ब्लड प्रेसरपनि नियन्त्रण हुने गर्दछ।
३) धेरै मात्रामा तेलमा तारेको खाना खाँदा वजन बढ्ने गर्दछ। वजन बढ्दा शरीरमा विभिन्न किसिमका समस्या देखिने गर्दछन्। त्यसैले खानामा स्वस्थकर चीज सामेल गर्नुहोस्। पालुंगो, डार्क चक्लेट, ग्रीन टी जस्ता चीज सेवन गर्दा सधै स्वस्थ भइने गरिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
